महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले शनिवार स्वास्थ्य चेकजाच तथा परिक्षण गरी निःशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समाज कल्याण अञ्चल बाल अनाथालयका बालकबालिकाहरु र भीमदत्त नगरपालिका ५ बनखेतमा रहेको महिला तथा बृद्ध सेवा केन्द्र वृद्धाश्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
अस्पतालमा आएर सेवा लिन समस्या हुने बालबालिकाहरु र वृद्धआमा बुवाहरुलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टले जानकारी दिनु भयो । अहिले अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सिविरको आयोजना गरिरहेको र यो समाजमा रहनु भएका विपन्न, पिछडिएको समुदाय, विद्यालयहरुमा पनि विगतदेखी अस्पतालले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो ।
अस्पतालमा आएर सेवा लिनमा समस्या हुने समुदायलाई अहिले पहिलो प्राथमिकमा राखेर काम गरिरहेको उहाँले बताउनु भयो । वृद्धसेवा केन्द्रमा रहेको ३२ जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना वालवालिकाको स्वास्थ्य जाँच गरि औषधी वितरण गरेको उहाँले बताउनु भयो । त्यसैगरि महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका ३२ जना वृद्धवृद्धाको समेत स्वास्थ्य परिक्षण एंव औषधी वितरण गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको बताए । अध्यक्ष भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनु भयो । अस्पतालले जेष्ठ ३ गते लालझाडी ५ मा रहेको श्री राष्टिय आधारभुत बहुभाषिक विद्यालयमा शिविर संचालन गरेको थियो । उक्त विद्यालयमा अध्यनरत छात्रछात्रा १ सय ८६ छात्रछात्राहरुले सेवा लिएका थिए ।
यस्तै बैशाख २७ गते दोधाराचाँदनी नगरपालिका ८ मा रहेको जनज्योती माध्यमिक विद्यालय मा पनि सिविर संचालन गरिएको थियो उक्त सिविरबाट ३ सय ८१ जना बालबालिकाको नाक, कान, घाटी तथा दन्त रोग सम्बन्धी निःशुल्क स्वास्थ्य चेकजाच तथा परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।