राष्ट्रिय फोटो पत्रकार समूह कञ्चनपुरको अध्यक्षमा जोशी

महेन्द्रनगर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन भएको छ । आइतबार ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। उक्त समितिको अध्यक्षमा चन्द्रकान्त जोशी, उपाध्यक्षमा महादेव अवस्थी, सचिवमा सुजित रमेश सिनाल, कोषाध्यक्षमा भुपेन्द्र वली, सदस्यमा प्रकाश भट्ट,  ईश्वरी नेगी र कल्पना साउद चयन भएका छन्।

त्यसैगरी नवनिर्वाचित अध्यक्ष जोशीले समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.