कञ्चनपुरमा विस्फोटक पदार्थ पट्किदा एक विद्यार्थी गम्भिर घाईते

महेन्द्रनगर । कञ्चनपुरमा विस्फोटक पदार्थ पट्किदा एक विद्यार्थी गम्भिर घाईते भएका छन् । बेदकोट नगरपालिका २ जडेपानी स्थित बैजनाथ मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश धामी गम्भिर घाईते भएका हुन । शिक्षकले विद्यार्थीलाई ज्ञान दिने पढाउने अनुशासनमा राख्ने हो, तर कञ्चनपुरमा एक शिक्षकले विद्यार्थीलाई बिस्पोटक पदार्थ बनाउने काममा लगाएको खुलेको छ ।

त्यति मात्रै नभई शिक्षकले विद्यार्थीलाई अनुचितदेखि गैर कानुनी बिस्पोटन पदार्थ बम बनाउन प्रयोग गरेको खुलेको हो । कैलालीको लम्की स्थित आर्दश नमुना मावि र बसन्त मुरारी माविका शिक्षकले कञ्चनपुर बेदकोट नगरका छात्र बालक विद्यार्थीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गरेको पाईएको छ । बेदकोट नगरपालिका २ बसन्थला घर भएका कैलाली सुख्खडका शिक्षक हरेन्द्र भण्डारीले छिमेकी समेत रहेका विद्यार्थी रुपेश धामीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गरेपछि धामी गम्भिर घाईते भएका छन ।

शिक्षक भण्डारीले विद्यार्थी धामीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गर्दा बिस्पोटक पदार्थ पटकिएर धामी गम्भिर घाईते भएको घर परिवारले जनाएका छन ।घाईते बालकका बाजे ध्वज ठकुल्लाले शिक्षक भण्डारीले घरमा आँपखेती गरेको र उक्त आँपखेतीमा आउने जनावर चराचुरुङगी धपाउन बिस्पोटक पदार्थ प्रयोग गर्दै आएको बताए ।

‘शिक्षक हरेन्द्र भण्डारीले मेरो नाती रुपेशलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गर्दा एक्कासी पटकीयर घाईते भएका छन, ‘उनले भने, ‘घाईते बालककोे दाँया हात पुरै छैन, बाँया हात सहितका शरिरमा गम्भिर चोट लागेको छ ।’घाईते बालकको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार हुन नसकेपछि भारतको गायत्री अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेका घर परिवार आफन्तले यसरी शिक्षकले बालकलाई काममा लगाउनेदेखि गैर कानुनी बिस्पोटक पदार्थ जस्ता काममा लगाउनेमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.