कैलालीमा सुधारगृहका युवक मृत्यु प्रकरणः १२ जना जेल चलान

महेन्द्रनगर । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाँटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो। सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार केन्द्रमा राखिएको छ।

बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागि कारागार चलान भएका छन्। कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका छन्। यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन्।

मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ। घोडाघोडी नगरपालिका–४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षीय सुनील मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको खुलेको छ।

शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राति भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भित्र लगेर, सुधारगृहमा रहेका ४÷५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको थियो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.