महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक वृद्ध आश्रममा पंखा सहयोग गरिएको छ । वेदकोट नगरपालिका ७ रौटेलामा रहेको श्रि बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा ६ वटा पंखा सहयोग गरिएको हो । शुक्लाफाँटा एफएमद्धारा संचालित शुक्लाफाँटा टिभी नामक युटयुव च्यानेलले केही दिन अघि उक्त आश्रममा पंखाको अभाव भएपछि वृद्धवृद्धा आमा बुवाहरुलाई समस्या भएकोे समाचार प्रसारण गरेको थियो ।
त्यही समाचार हेरेर कैलालीमा रहेका विभिन्न लायन्स क्लबमा आवद्ध रहनु भएका समाजसेवी व्यक्तीत्वहरुले बुधवार आश्रममा गएर ६ वटा पंखा सहयोग गर्नु भएको हो । पछिल्लो समय तराँईमा ४० डिग्री भन्दामाथी तापक्रम मापन गरिएको छ ।
यो गर्मीमा आश्रममा रहनु भएका वृद्ध आमा बुवाहरुलाई चिशो होस भनेर पंखा सहयोग गरिएको लायन्स क्लब अफ धनगढी खप्तडका संस्थापक अध्यक्ष सहयोगीदाता समाजसेवी हरिसिंह धामीले बताउनु भयो । यो गर्मीमा हामी युवाहरुलाई पनि बस्न समस्या भईरहेको अवस्थामा वृद्धवृद्धा आमा बुवाहरुलाई झन बढी समस्या हुने भएकाले पंखा सहयोग गरिएको बताउनु भयो ।
अहीले तापक्रम पनि धेरै बढेको छ, उक्त आश्रममा पंखाको पनि अभाव रहेको समाचार हेरेर आफुले सबै साथीहरुलाई सहयोगको लागी आग्रह गरेपछि सबैले सामाजिक कार्यमा साथ र सहयोग गरेपछि ६ वटा पंखा सहयोग गर्न सफल भएको लायन्स क्लब अफ धनगढी खप्तडका संस्थापक अध्यक्ष सहयोगीदाता समाजसेवी धामीले बताउनु भयो ।
आफुहरुले विगतका दिनहरुमा आश्रममा खाद्यन्न, सामुदायिक पशु चौपायको उपचारको लागी आवस्यक पर्ने औषधीहरु लगायत सहयोग गरेको बताउनु भयो । साथै उहाँले अन्य युवाहरु, समाजसेवीहरु लगायत स्थानियहरुलाई आफनो जन्मदिनमा साथकिो जन्मदिनमा वा अन्य शुभकार्यमा यहाँ आएर मनाएर केही सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
होटलमा गएर महंगो पार्टी गर्नु भन्दा यी वृद्ध आमा बुवाहरुको मुहारमा खुसी दिने कार्य गर्न लायन्स क्लब अफ धनगढी खप्तडका संस्थापक अध्यक्ष सहयोगीदाता समाजसेवी धामीले बताउनु भयो । आग्रह गर्नु भयो । लायन्स क्लब अफ धनगढी आश्थाका अध्यक्ष राधा चन्दले वृद्धा आश्रममा पंखाको अभवा रहेको समाचार हेरेर जानकारी पाएपछि यो गर्मीमा केही राहत मिल्छ की भनेर बुधवार ६ वटा पंखा सहयोग गरेको बताउनु भयो ।
आफुले खाने खानाबाट केही रकम कटाएर एक जोर लुगा बचाएर यी र यस्ता आश्रममा सहयोग गर्न उहाँले आग्रह गर्नु भयो । पिडित हुनु भएका आमा बुवाको लागी हामी नै उहाँहरुको छोरछोरी हो है भनेर उहाँहरुलाई महसुस गराउन र उहाँहरुलाई खुसी दिन पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
आश्रमका व्यवस्थापक बहादुर सिंह विष्टले यो अत्यधिक गर्मीमा पंखाको सहयोगले वृद्ध आमा बुवाहरुलाई निकै सहजता भएको बताउनु भयो । पहिला पंखा नभएको अवस्थामा निकै कष्ट रहेको र अब सबै आमा बुवाहरुलाई सहजता हुने बताउनु भयो । अहिले उक्त आश्रममा १७ जना आमा बुवाहरु आश्रित रहनु भएको छ ।
Comments are closed.