संजिवनी नेपालको समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको संजिवनी नेपाल (गैर सरकारी संस्था) ले समन्वयात्मक बैठक सम्पन्न गरेको छ । डिसिएको आर्थिक सहयोगमा संजिवनी नेपालले बुधवार भीमदत्त नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवाला निकायका पदाधिकारी, जनप्रतिनिधीहरु लगायतको उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाका कार्यकारी निर्देशक नितु भट्टले आफनो कार्यक्रमको बारेमा जानकारी दिँदै भीमदत्त नगरपालिकामा महिला धर्ती हुन ः ग्रामिण सिमान्तकृत महिलाको क्षमता विकास र जलवायु अनुकुलन दीगो अभ्यास’ नयाँ परियोजना संचालनमा ल्याएको बताउनु भयो । जेठ दोस्रो साता अर्थात १ जुनदेखि संजिवनी नेपालले उक्त नयाँ परियोजना संचालनमा ल्याएको बताउनु भयो ।

बुधबार संजिवनी नेपालले परियोजना बारे भीमदत्त नगरका जनप्रतिनिधीसग समन्वयात्मक बैठक आयोजना गर्दै परियोजना बारे जानकारी गराएको छ । उहाँले भीमदत्त नगरका सबै वडाहरुमा परियोजना संचालन हुने बताउनु भयो । डिसिएको आर्थिक सहयोगमा संजिवनी नेपालले नगरका १९ वटै वडाहरुमा परियोजना संचालनमा ल्याएको कार्यकारी निर्देशक भट्टले जानकारी दिनु भयो ।

पछिल्ला बर्षहरुमा जलवायु परिर्वतनका कारण महिलामाथि परिरहेकोको प्रभाव न्यूनिकरण गर्ने उदेश्यका साथ परियोजना संचालनमा आएको बताउनु भयो । उहाँले ग्रामिण भेग सिमान्तकृत समुदायका महिलाको क्षमता विस्तार, लैङ्गिक हिन्सा न्यूनिकरण, वित्तिय साक्षरता, वडा स्तरका जनप्रतिनिधीको क्षमता विस्तार, विपद् जोखिमबाट बाँच्दै जिविकोपार्जनका कार्यक्रम संचालन गरिनेछ ।

यस अघि नै संजिवनी नेपालले सुदूरपश्चिम पैरवी महिला सञ्जाल मार्फत कार्यक्रम संचालन गरेको ग्रामिण भेगका महिलाको समाजिक, आर्थिक बृद्धि विकास गरिने बताए । झण्डै तीन बर्ष ०२६सम्मै कार्यक्रम संचालन गरिनेछ । कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधीले समन्वयात्मक ढङगबाट दीगो कार्यक्रम संचालनमा जोडदिएका छन ।

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहरा(झक्कास) ले दीगो रुपमा महिलाको आत्मनिर्भर तथा व्यवसायिक दक्ष हुने गरेर कार्यक्रम संचालनमा जोडदिए । भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र कुँवरले संजिवनी नेपालले ल्याएको कार्यक्रम प्रभावकारी भएको भन्दै महिलाका क्षेत्रमा काम गर्ने संघ संस्थादेखि स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
भीमदत्त नगरका प्रमुख पदम बोगटीले नगरका सिमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने गरेर कार्यक्रम संचालनमा जोडदिदै पालिका तर्फबाट समेत सहयोग गर्ने बताए । मेयर बोगटीले नगरका महिलालाई सीपयुक्त दक्ष बनाएर आत्मनिर्भर बनाउनुपर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताए । संजिवनी नेपालका सचिव सिला रैकाले संचालन गरेको कार्यक्रममा भीमदत्तका जनप्रतिनिधी, कर्मचारी एव सरोकारवालाको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.