बैतडीमा श्रीमती र बुहारीमाथि कुटपिट स् श्रीमतीको मृत्यु, बुहारी घाइते

महेन्द्रनगर । बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । पाटन नगरपालिका(४ चिल्लेपानीका ६२ वर्षीय प्रतापसिंह ऐरीको कुटपिटबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो । प्रतापले मंगलबार सुना र बुहारी २२ वर्षीया भावना ऐरीमाथि कुटपिट गरेका थिए ।

श्रीमानको कुटाइबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । घरायसी विवाद कारण प्रतापले श्रीमतिमाथि कुटपिट गरेका बताइएको छ ।

कुटपिटका क्रममा छुट्याउन गएकी बुहारीमाथि पनि उनले कुटपिट गरेका हुन् । भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए । प्रतापलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.