महेन्द्रनगर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए।
’वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ’हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ।
’उनले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने बताए।
Comments are closed.