महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका आफनो पालिकालाई तरकारीमा आत्म निर्भर बनाउन विभिन्न कार्यक्रमहरु लागु गरेको छ । कृष्णपुर नगरपालिकाका ९ वटै वडामा तरकारी खेती, धैचा, मुंग खेतीलाई व्यवसायीकरण गर्ने उदेश्यले काम भईरहेको हो ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तरगत तरकारी पकेट विकास कार्यक्रम अन्तरगत वडा नम्वर १, तरकारी खेती प्रवर्धन कार्यक्रममा वडा नम्वर १, ७ र ८ मा रहेका महिला कृषक समुहलाई विभिन्न कृषी सामग्रीहरु वितरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताउनु भयो ।
कृषकहरुको माग अनुरुप उनिहरुलाई विभिन्न कृषी औजारहरु विउ विजनहरु सहयोग गरी उत्पादनमा वृद्धी भएको र अहिले कृषकहरुलाई तरकारीको विउविजन, चैते धान खेती, धैचाको विउ वितरण, मुंगको विउ वितरण,पोली हाउस, सिचाई मोटर, फलामे ट्रस्ट, हजारी लगायतका सामग्रीहरु सहयोग गरेको उहाँले बताउनु भयो ।
स्थानीय महिला किसानहरुको समुहलाई विभिन्न सामग्रीहरु अनुदान सहयोग गरी उनिहरुलाई उत्पादनमा सघाउ पुय्राउने उदेश्यले काम गरिरहेको पाइएको छ । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा विद्युतीय सिँचाई मोटर, ईलेक्ट्रोनिक ट्याङकी, पोली हाउस, विउविजन लगायतका कृषी सामग्रीहरु वितरण गरिएको कृष्णपुरका नगर प्रमुख ओझाले बताउनु भयो ।
उहाँले विशेष गरेर महिला किसानलाई पनि आत्मनिर्भर बनाउने उदेश्यका साथ विभिन्न कृषी सामग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो । ‘हाम्रो नगरका अधिकाँस पुरुष व्यवसायिक कृषिखेतीमा जुटेका छन, ‘उहाँले भन्नु भयोे, ‘संगसंगै महिलालाई पनि कृषिमा आत्मनिर्भर बनाउन खोजेका छौँ ।’ किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि समाग्री वितरणदेखि उनीहरुलाई थप आत्मर्भिर बनाउनका लागि बजार सहितको सुनिश्चिता गरिने बताउनु भयो ।
कृषकहरुलाई स्थायी टनेल समेत निर्माण गर्नका लागी फलामे रडहरु पनि दिएर दिगो रुपमा व्यवसायिक रुपमा तरकारी उत्पादन गरेर भारत र अन्य जिल्लाबाट आउने तरकारीलाई विस्थापित गर्ने लक्ष्य रहेको कृष्णपुर नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर धामीले बताउनु भयो ।
स्थायी टनेल पनि निर्माण गरेपछि बर्षभरी किसानले जतिबेलामा पनि मौषम अनुसार तरकारी खेती गर्न सहज हुने र मनग्य आम्दानी पनि हुने उहाँको भनाई रहेको छ ।
कृष्णपुर नगरपालिका ७ फुलबारी महिला कृषक समुहकी अध्यक्ष हरिना रानाले पालिकाबाट पाईएका कृषि समाग्री समुहमा रहेका किसानलाई वितरण गरिने बताईन । उनले १५ जना महिला किसानलाई समाग्री वितरण गरेर कृषि कार्यका लागि सहजता गराउने बताउनु भयो ।
Comments are closed.