सुदूरपश्चिमको आगामी बजेट ३१ अर्ब ६२ करोड

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक का हुन्।

प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो।चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेको हो।

प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ। कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब चार करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३८ करोड ६९ लाख बजेट विनियोजन गरेको छ।

८६ करोडको बजेट स्थानीय तहहरुमा समानिकरण अनुदान र ५६ करोड ससर्त अनुदान दिन बजेट विनियोजन गरिएको छ। यसका साथै तीन अर्ब ९ करोडको बजेट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, २ अर्ब चार करोडको बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पाँच अर्ब ६८ करोडको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय, ६ अर्ब ७४ करोडको बजेट सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट प्राप्त गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सुदूरपश्चिम प्रदेश सभाबाट सार्वजनिक गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले दलित दशक घोषणा गरेको छ।सरकारले २०८१ देखि २०९० सम्मको दशकलाई दलित अधिकार दशक घोषणा गरेको हो। आज (शनिवार) प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री  पालले सो अवधिमा दलितको राजनीतिक सामाजिक र आर्थिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने बताए।

उनले सो अवधिमा दलित अधिकार समिति गठन गरी दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकरण गर्न दलित सशक्तिकरण विकास कार्यक्रम सञ्चालन गरिने बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.