कैलालीमा धुलो दुध कारखाना खोल्न प्रदेश सरकारले १२ करोड लगानी गर्ने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढाएर आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ।पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ।

चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। सुदूरपश्चिममा रासायनिक मलको अभावलाई न्युनिकरण गर्न गैरअनुदानित रासायनिक मलहरु एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटका लागि ८० लाख, कृषि तथा पशुपन्छी ऋणको व्याज अनुदानका लागि ७ करोड २३ लाख र कृषि यान्त्रिकरणका लागि चार करोड ३४ लाख बजेट विनियोजन गरिएको छ।

त्यस्तै प्रोत्साहन अनुदान अन्तर्गत स्थानीय रैथाने बाली, सुन्तला जात फलफूल, तरकारी, चैते धान, मुङ, प्याज, अदुवा, बेसार, बहुँवर्षीय घाँस र अम्रिसो खेतीका लागि ९ करोड ३२ लाख वित्तीय हस्तान्तरणका रुपमा बजेट विनियोजन गरिएको छ।कृषिको व्यवसायीकरण र सघन उत्पादन तथा बाली विशेष कार्यक्रम सञ्चालन गर्न प्रत्येक जिल्लामा एक करोडका दरले ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मसिनो धान, चैते धान, वसन्ते मकै, भटमास विस्तारका साथै रैथाने बालीको उत्पादनका लागि पनि बजेटको व्यवस्थापन गरिएको छ। प्रदेशलाई धान, गहूँ र मकै बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादन सहयोग र बीउ प्रशोधन र बजारीकरणका लागि ३ करोड २० लाख बजेट विनियोजन गरिएको छ।

कृषि पेशालाई मर्यादित बनाउन र कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कृषकहरुलाई सम्मान गर्न ‘भीमदत्त पन्त कृषि पुरस्कार’का लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ। युवा वर्गलाई कृषिमा आकर्षित गर्न तथा रोजगारीका अवसर सिर्जना गरेर व्यवसायीक फर्म स्थापना गर्न एक करोड २० लाख बजेट विनियोजन गरिएको छ।

‘मासु उत्पादनका लागि बाख्रा, ग्रामीण कुखुरा, कालिज, बंगुर, र भैंसीपालन’ कार्यक्रम सञ्चालन गर्न ४४ करोड १२ लाख बजेट विनियोजन गरिएको छ। कैलाली र कञ्चनपुरमा माछा पालनका लागि नयाँ पोखरी निर्माण लगायतका लागि ५ करोड बजेट विनयोजन गरिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.