कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।

फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उता, कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरीएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका– ४ संचयकोष कार्यालय, गोदावरी नगरपालीका– ५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालीका– ६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालीका – ३ लक्कडबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका

करिब २ लाख ६७ हजार १ सय ७० मूल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित

Comments are closed.