लियो जिल्ला परिषद् ३२५ ‘एन’ नेपालको अध्यक्षमा गिरी

महेन्द्रनगर । विश्वकै सबैभन्दा ठुलो सामाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गत लियो जिल्ला परिषद् ३२५ ‘एन’ नेपालको जिल्ला अध्यक्षमा कञ्चनपुरका मदन गिरी सर्वसम्वत चयन भएका छन् ।

शनिवार कोहलपुरमा सम्पन्न एक कार्यक्रमका बिच अध्यक्षमा गिरीलाई चयन गरिएको हो । सुदूरपश्चिम प्रदेशबाट लियो जिल्ला परिषद् ३२५ ‘एन’ को अध्यक्ष हुने गिरी पहिलो व्यक्ति बनेका छन् । यस अघि लियो जिल्ला परिषद्को नेतृत्व सुदूरपश्चिमले पाएको थिएन । गिरीले लियो जिल्ला परिषद् ३२५ ‘एन’ को जिल्ला सचिव, जिल्ला उपाध्यक्ष रहेर समेत काम गरिसकेका छन् ।

परिषदले युवाहरुको क्षमता विकाससँगै पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनमा फस्दै गएको कुरालाई मध्यनजर गर्दै युवाहरुमा सचेतनाका कार्यक्रम, युवाहरुलाई समाजसेवामा जोड्ने लगाएतका कार्यक्रम गर्ने अध्यक्ष गिरीले बताए । यस्तै उनले लियो जिल्ला परिषद्मा देखिएका समस्या समाधान गर्दै यसलाई उत्कृष्ट जिल्ला बनाउने गरी काम गर्ने बताए ।

यस्तै लियो जिल्ला परिषद् ३२५‘एन’ को जिल्ला उपाध्यक्षमा नेपालगञ्ज बाँकेका प्रकाश कुवँर चयन भएका छन् । कुवँरले यसअघि जिल्ला कोषाध्यक्ष रहेर समेत काम गरिसकेका छन् । विधान अनुसार जिल्ला परिषद्को सचिव, कोषाध्यक्ष लगाएतका पदमा मनोनित जिल्ला अध्यक्षले गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.