महेन्द्रनगर । प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझाको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरिएको छ । विगतमा कोरियामा रहँदा अप्रवासी श्रमिक हक,हित र अधिकारका पक्षमा निरन्तर समर्पित व्यक्तित्व, प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझा हाल नेपालमा मृगौला र कलेजोको खराबीका कारण गम्भीर विरामी अवस्थामा उपचार गरिरहनु भएको छ । मधुसुदन ओझाको गत मे महिनाको १४ तारिकदेखि दुवै मृगौला र कलेजो खराब (मृगौला ८०% खराब) भएर काठमाण्डौ शिक्षण अस्पतालमा उपचार भईरहेको छ । दक्षिण कोरिया एम टि यु अध्यक्ष उदय राईका अनुसार उपचारमा धेरै खर्च लाग्ने भएपछि परिवारको सल्लाह अनुसार कोरियामा रहनु हुने सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरुमा सकेको आर्थिक सहयोग गरी दिनु हुनको लागि एमटियु लगायतबाट अनुरोध गरिएको उहाँले बताउनु भयो । अनुरोधलाई स्वीकार्दै नेपाली ,कोरियन दाजु भाई तथा दिदि बहिनिहरु साथै बिभिन्न संघ संस्थाबाट पठाई दिनु भएको सहयोग रकम जम्मा तीन करोड छैसट्ठी लाख सत्ताईस हजार चार सय एघार वोनसकलन भएको र यो रकम मध्ये ३ करोड वोन गत हप्ता नै बिरामीको परिवारको खातामा पठाई सकिएको उहाँले बताउनु भयो । प्रवासी श्रमिक युनियनका पूर्व महासचिव मधुसुदन ओझाले यसरी सामाजिक संजालमा सहयोगीदातालाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
सबै जना लाई नमस्कार ,म मधुसुदन ओझा मेरो लागी दुख गर्नु भयो यसका लागी सबै जना लाई धन्यवाद , म यहाहरु ले मेरो लागी लगाउनु भएको गुण, उठाउनु भएको दुख कस्ट को बदलामा त सायदै केही गर्न नसकुला हिजो को दिनमा कोरिया हुदा मृगौला पिडित अभियान चलाई राख्दा मृगौला पिडित को पिडा सङ्ग प्रतक्ष अवगत थिएन । आज आफै पिडित भएर बिगत एक महिना यता धनगढी स्थित सेती प्रादेशीक अस्पताल को आइसुयु मा अचेत अवस्था मा थिए । म कसरी हस्पिटल लगिए लानु पुर्व मलाई केभयो अहिले पनि म आफुलाई थाहा छैन । जव मलाई २ हप्ता पुर्व आईसियु मा थोरै होस आयो तव आफुलाई हस्पिटल को वेड मा पाए अगाडी भित्तामा आपतकालिन भनेर अङ्ग्रेजी मा लेखेको देखे म झसङ्ग भए सोच्न थाले सोच्नै सकेन दिमाग मा ४,५ बर्ष अगाडि कुरा मात्रै खेलाउन थाल्यो । अगाडी हस्पिटल को सिस्टर हुनुहुन्थ्यो उहालाई मैले सोधे म कसरी यहा आए मलाई के भयो भनेर उहा ले मलाई मधुसुदन दाई धेरै न सोच्नुस एक छिन आराम गर्नुस सुत्नुस भन्नुभयो , घाटी भारी जस्तो लाग्यो छामे त्यसमा घाटी भित्र सम्म २ ओटा पाईप हालेको रहेछ म झन डराए सोच्छु दिमाग मा केही याद आउदैन सोच्दै सुतेछु । उठेर हेर्दा दिउसो को खाना खाने टाईम भएको रहेछ आखा अगाडि हेर्दासुप खुवाउन श्रीमती ले उठाउनु भएको रहेछ । सोधे म किन यहा आए कहिले आए कसरी आए भनेर मलाई कहिले ल्याईएको थाहा थिएन उहाले भन्न नसकेर भन्नु भयो ज्वरो धेरै आएर हामीले ल्याएका हौ सुप खाएर आराम गर्नुस भनेर सायद डाक्टर द्वारा नै एकैचोटी नभन्न भनेको हुनुपर्छ त्यतिक्कैमा खाना दिने समय सकिएछ । सिस्टर ले सबैलाई जान भन्नु भयो एक छिन सोच्दै थिए । डाक्टर को टोली चेक गर्न आएछ नमस्ते गरे के गार्हो भै राखेको छ भनेर सोध्नु भयो मैले भने हाल साल को कुरा मलाई के पनि याद आउदैन मान्छे अगाडि देखे मात्रै चिन्छु भन्दा डाक्टर ले बिस्तारै याद आउछ भन्नु भयो त्यति बेला सम्म म आफुलाई मृगौला र कलेजो मा समस्या भएको भनि थाहा थिएन । मलाई जव आईसियु बाट वार्ड मा ल्याइयो त्यहा म जस्तै मृगौला मा समस्या भएको अरु व्यक्ती पनि रहेछन एक जना उमेर ले म भन्दा ठुलो दाई हुनुहुन्थ्यो केही बर्ष भएछ डाईलेसेस गराई राख्नु भएको उहा को छोरा ले उहा लाई घर बाट त्यती बेलै लिएर आउनु भएको रहेछ । घाटीमा मेरो जस्तै लगाएको देखेर मैले सोधे उहा को छोराले सबै बताउनु भयो त्यति बेला मलाई थाहा भयो मलाई कुन रोग लागेछ भनेर म छाना बाट खसे जस्तै भए । एक छिन केही बोल्न सकेन अगाडी हेरे मेरो श्रीमती पानी बोकेर आई राखेको देखे थोरै आफुलाई सान्त भए जस्तो देखाए किन कि मेरो श्रीमती को पनि माइग्रेन सम्बन्धी समस्या छ । मैले मनमनै सोचे होइन म आफु एक क्रान्तिकारी भएर आफुलाई जति सुक्कै पिडा भए पनि पिडा बोध चाहि गराउनु हुदैन । सामान्य वार्ड मा आईसियु जस्तो न भएर आफन्त सङ्ग बस्न पाईने हुदा एक छिन पछि हिम्मत गरेर श्रीमती ले आफै सबै कुरा बताउनु भयो कसरी हस्पिट्ल ल्याइएको डाक्टर ले के भनेको भनेर अनि मलाई हौसला दिदै भन्नु भयो चिन्ता न गर्नुहजुर मृगौला फेर्नै परेपनि हामी सबै तयार छौ मृगौला दिन भनेर त्यति बेला जानकारी पाए कोरिया बाट उदय दाई ले फोन गरेको र कोरियामा अभियान चलाई राखेको भनेर मैले एक छिन केही सोच्नै सकेन मैले भने किन दाई र कोरिया हुने सबै जनालाई दुख दिएको भनेर दाई आफैले भन्नु भएको हो भनेर भन्नु भयो ।कोरिया हुने सबै जना लाई यसरी दु ः ख दिउला भनेर सोचेको थिएन सहयोग गर्नु भयो यसका लागी एकदमै कृतज्ञ छु । नेपाल मा अरुण श्रेष्ठ भाई हिजो कोठा मै आएर उहामार्फत नेपाल मा उठाएको रकम बुझाएर जानु भयो मलाई यति ठुलो माया र आशिर्वाद दिनु भयो सबै दाता महानुभाव शुभचिन्तक लाई हृदय देखी नै धन्यवाद दिनचाहन्छु । अहिले मेरो लिभर मा पनि बोसो जमेको भनेर २० दिन सम्म औषधि खान दिएको छ र लिभर मृगौला को सङ्गै उपचार चलेको छ त्यो बिचमा समस्या भए डाईलेसिस पनि गर्नुपर्ने हुन सक्छ सायद अलि पछि गएर सुधार नभए दिन कै डाईलेसेस गर्नुपर्ने पनि हुन सक्छ त्यसो हुदा सायदै यसरी लेख्न नसकुला यहाहरु सबैले देखाउनु भएको अपार स्नेह ,साथ का लागी पुनः आभार व्यक्त गर्न चाहन्छु ।