डडेल्धुराको अमरगढीमा पदाधिकारी र कर्मचारीले नियमविपरीत भत्ता बुझे

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिकामा आर्थिक बेथिती बढ्दै गएको छ। नगरपालिकामा कार्यरत कर्मचारी र पदाधिकारीले नियमविपरीत भत्ता बुझ्दै आएको समेत फेला परेको छ। अर्थमन्त्रालय कार्य सञ्चालन निर्देशिका २०७७ को दफा ७.१.१ को बुँदा नम्बर ३ मा एउटै निकाय र अन्तर्गतका पदाधिकारी÷कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान नगर्ने भनि व्यवस्था गरिएको छ।

तर अमरगढी नगरपालिकाले भने पालिकाकै कर्मचारी र पदाधिकारी सहभागि बैठकमा बैठक भत्ता बुझेको फेला परेको छ। कर्मचारी बैठक भत्ता अन्तर्गत कविन्द्रराज भट्ट, खगेन्द्रराज जोशी, पदमबहादुर ऐर, शेरबहादुर बुढा, पारसमणि जोशी र कर्णबहादुर विष्टले प्रतिव्यक्ति ६ हजार ३७५ का दरले भत्ता बुझेको फेला परेको हो।

त्यस्तै कर्मचारी बैठक भत्ता अन्तर्गत नै शेरबहादुर बुढा, हेमन्तराज पन्त, मिनराज ओझा, पदमराज भट्ट, जीतराज उप्रेती, पारशमणि जोशी, पदम ऐर, इन्द्रा साउँद, लालबहादुर साउँद र ऐनबहादुर बमले भत्ता रकम बुझेका छन्। अनुगमन तथा मुल्यांक बैठकमा पनि कर्मचारीले भत्ता बुझेका छन्।

हेमराज पन्त, पदमराज भट्ट, विष्णुराज भट्ट, सुरेसबहादुर साउँद, मिनराज ओझा, लक्ष्मीप्रसाद उपाध्याय, मिना कार्की, खगेन्द्रराज जोशी, जीतराज उप्रेती, कर्णबहादुर विष्ट, कविन्द्रराज विष्ट र पारसमणि जोशीले प्रतिव्यक्ति दुई हजार पाँच सयदेखि १२ हजार ७५० रुपैयाँसम्म भत्ता असुल गरेका छन्। ती कर्मचारीहरुको नाममा एक लाख ५३ हजार ८५० रुपैयाँ बेरुजू देखिएको छ।

सम्बन्धित

Comments are closed.