कञ्चनपुरमा कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र बन्दै

महेन्द्रनगर । कञ्चनपुरमा कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र निर्माणको काम अघि बढाइदै छ।जिल्लाको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारनजिकै कोल्ड स्टोर निर्माण कार्य सुरु गरिएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुका लागि गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गर्न लागेको हो।

गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार गत वर्ष असार १० गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय भएअनुसार काम सुरु गरिएको हो।
बेलडाँडीसहित बेलौरीका स्थानीय किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण गर्न कोल्ड स्टोर निर्माण गर्न लागेको उनले बताए। बेलडाँडीमा चिस्यान केन्द्र नहुँदा सो क्षेत्रका किसानले उत्पादन गरेको कृषि वस्तु अन्यन्त्र राख्नुपर्ने बाध्यता छ।

गणेश निर्माण सेवासँग २०८१ मंसिर ३० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। ७१ लाख ६१ हजारमा कोल्डस्टोर निर्माण गर्न सम्झौता गरिएको छ।

सम्बन्धित

Comments are closed.