गोदावरी धाम बाट तामाको कलश चोरी गर्ने २ जना पक्राउ

महेन्द्रनगर । कैलालीको गोदावरी धाम स्थित कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ । हिजो राती कुम्भवाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् ।

उनीहरुको साथबाट तोडफोड गरिएको अवस्थामा कलस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.