कञ्चनपुरमा लागु औषध बिरुद्धको दिवस साताव्यापी मनाईदै

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध बिरुद्धको दिवस साताव्यापी रुपमा मनाईदैछ । जिल्ला प्रशासन कार्यालय सहितका सरोकारवाला निकायको सहभागितामा लागु औषध बिरुद्धको दिवस साताव्यापी रुपमा मनाईन लागेको हो । बिहीबार सरोकारवालासंग छलफल गरेर दिवस शुरुवात गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको अध्यक्षतामा भएको छलफलमा लागु औषध जरैदेखि निर्मुल पार्नमा जोडदिईएका छन । पहिलो दिन छलफल, दोस्रो दिन विद्यालयमा लागु औषध विरुद्धको सचेनतना कक्षा संचालन गरिएको छ ।

तेस्रो दिन विद्यालयमा समन्वयात्मक कार्यक्तम गर्ने, चौथो दिन जिल्लामा रहेका पुर्नस्थापना केन्द्रको विवरण उपचारार्थहरुको छलफल,अभिमुखिकरण गर्ने, पाचौँ दिन खुला सीमा क्षेत्रका नाकाहरुमा यातायातका साधनकर्मीसंग छलफल, छैटौ दिन स्थानीय तहसंग छलफल र सातौँदिन प्रभातफेरी गरेर समापन गरिनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.