कञ्चनपुर मा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्ध घाइते

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । बिहीबार राति ९ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट पुनर्वास नगरपालिका वडा नम्बर १० विकासबस्ती दोदा पुल नजिक बस्ने अन्दाजी ७१ वर्षीय बाजी राना घाइते हुनुभएको हो ।

कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवका अनुसार आफ्नै घरको बाहिर हात्तीको आक्रमणबाट गम्भीर घाइते रानालाई थप उपचारका मायामेट्रो अस्पताल धनगढी लगिएको छ । उहाँको घाँटी र खुट्टामा घाउ देखिन्छ ।

घाइतेको अवस्था बुझ्न बन अधिकृत यादव अस्पताल पुग्नु भएको छ । जङ्गली हात्ती भने भारतीय दुधुवा नेशनल पार्क भित्र पसिसकेको बन अधिकृत यादवले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.