समाजसेवी मल्लद्वारा घटाल माविका १८ जना विपन्न विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गर्नु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ नुवाकोटमा रहेको घटाल माविमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनौट गरी युवा समाजसेवी विनय प्रकाश मल्लले ट्रयाक सुट वितरण गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच मल्लकी आमाले घटाल माविका १८ जना विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरेकी हुन् ।

विगतमा पनि विद्यालयमा अध्ययनरत स्काउटका विद्यार्थीलाई मल्लले स्काउट ड्रेस दिएको स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले उनी प्रति आभार व्यक्त गरे । उनले मल्लकै सहयोगमा ७ जना टुहुरा विद्यार्थीलाई केही दिनमा विद्यालय पोशाक समेत दिइने बताए ।

ट्रयाक सुट पाएका विद्यार्थीले खुसी हुँदै मल्ललाई धन्यवाद दिए । मल्लले अमरगढीका सबै वडाबाट अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनौट गरेर एक सयभन्दा बढी बालबालिकालाई ट्रयाक सुट तथा पोशाक वितरण गरिसकेका छन् । अमरगढी नगरपालिका–४ खलंगा घर भएका मल्ल हाल जापानमा रहेका छन् । जापानमा कमाएको पैसा उनले यहाँको सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।

आफनो व्यक्तिगत खर्चबाट सामुदायिक विद्यालयमा अध्ययनरत रहेका आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो । साथै उक्त कार्यमा मोहन भण्डारी, दीपक सिंह भण्डारी, किर्तीबहादुर ऐर, शेरबहादुर भण्डारी, दिपक भट्ट, बिशाल बस्नेत, खगेन्द्र ठकुराठी, पुरन महता लगायतले समन्वय गर्नु भएको थियो ।

डडेल्धुरामा अहिले बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ । डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् ।

डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.