महेन्द्रनगर । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारे।फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए। त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए। उनले स्कुटर पुरस्कार पाए। करण परियार, जसले नेपाल आइडलको छनोट चरणमै तहल्का थिए।
यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए। शनिबार साँझ प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायत प्रस्तुतिका लागि पुगेका थिए। शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए।
यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन्। उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिजन ४ मा भूपेन्द्र थापा मगरले उपाधि चुम्दा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए। सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो।सिजन ५का लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।
शुक्लाफाँटा खबर
6470 posts
Comments are closed.