वेदकोट नगरपालिकाको आयोजनामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिकाको राजश्व शाखाको आयोजनामा “कर सहभागिता जगाआँै, स्थानिय राजश्वमा योगदान गरौ” भन्ने मुल नाराको साथमा आईतवार वेदकोट नगरपालिकाको वडा नम्वर ८ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

अहिले वेदकोट नगरपालिकाको ६ वटामा यो कार्यक्रम सम्पन्न गरिएको वेदकोट नगरपालिका राजश्व शाखा प्रमुख पदमबहादुर ठकुराठीले जानकारी दिनु भयो । उहाँले वडा नम्वर ७, ९, ८, ६, ३, र १० मा कार्यक्रम गरिसकेको बताउनु भयो ।

यो कार्यक्रममा करदाताहरुलाई करमा सहभागिता बढाउनका लागी कर कानुन, कर मितव्य, करका ऐन नियम, करको प्रक्रियाका विषयमा जानकारी प्रदान गर्न, सुसुचित गराउन यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । वडा नम्वर ८ मा व्यवसाय गर्नु भएका स्थानियहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।

साथै उहाँले प्रदेश तथा स्थानिय सरकारलाई कार्य जिम्मेवारी तोकिएको छ, त्यो अनुसार राजश्व अधिकारहरु साँघुरो भएको भएर आफनो क्षेत्रको कार्य जिम्मेवारीहरुमा नयाँपनका साथमा राजश्वको अधिकारहरुको उपयोग गर्नु पर्ने बताउनु भयो । राजश्वको दायरा फराकिलो बनाएर करदाताहरुलाई सहभागिता जनाएर उहाँहरुको र राष्टको लदागी कर हो भन्ने जानकारी पनि प्रदान गरिनु पर्ने बताउनु भयो ।

साथै यो कार्यक्रमले पनि सहभागीहरुलाई पनि जानकारी दिएर सुसुचित गरेर कार्य योजनाहरु निर्माण गरि कार्यक्रमहरु गरिरहेको बताउनु भयो । यस्तै कार्यक्रमका सहभागी एवम खाद्यन्न व्यवसायी डिकेन्द्र विष्टले कर दिएपछि के फाईदा हुन्छ ?, कसरी कर दिने ?, किन दिने ?,भन्ने बारेमा यो कार्यक्रमबाट जानकारी पाएको बताउनु भयो ।

साथै यो कार्यक्रमले धेरै लाई फायदा दिने र व्यवसाय गर्ने हरुलाई पनि आmिनो व्यवसायको कर तिर्दा कसरी तिर्ने के गर्ने भन्ने बारेमा पनि जानकारी पाउने भएपछि सहज हुने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.