महेन्द्रनगर । बैतडीमा नगर प्रमुखले तोक लगाएको पत्र वडा अध्यक्षले च्यातेको आरोप लागेको छ । दशरथचन्द नगरपालिका वडा न. ५ का सातजना विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि वडामा अनुरोध गरेका थिए । वडा न.५ का अध्यक्ष केशव दत्त लेखकले आफनो वडामापया्रप्त बजेट नभएपछि आफुले नगर पालिकामा जान विपन्न परिवारलाई भनेको बताए ।
वडा अध्यक्ष लेखकले नगरपालिकालाई सिफारिस लेख्छन् । उक्त सिफारिसमा नगर प्रमुख पुष्कर राज जोशी ‘लख्खाभाई’ले वडामै आवस्यक रकम रहेको भन्दै ३ हजारको तोक लगाइदिन्छन् । र मेयरको तोक आदेश सहितको सिफारिस जब वडाअध्यक्ष लेखकको हातमा पुग्यो उनले च्यातेर टुक्रा–टुक्रा पारिदिएको आरोप लागेको छ ।
वडा न.५ की हिरा दमाइले भनिन्, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’
अर्का व्याक्ति दानीराम महरले भने ‘जब वडाअध्यक्षले दलितका पत्रहरु च्यातेर फाल्नुहुन्छ भने हाम्रालागी केहि काम गर्नुहोला भन्ने लाग्दैन्, बरु सिफारिसपत्र ’दयगत सल्लाह गरौँला भन्न सकिन्थ्यो, तर यस्तो गैर जिम्मेवारपुर्ण हर्कत कसरी सहेर बस्ने ?’ वडाअध्यक्षले तोक आदेश सहितका सिफारिसपत्र च्यातेको कुरा केहि कार्यपालिका सदस्यहरुले थाहा पाउने वित्तिकै उनिहरु आक्रोसित बनेका छन् ।
कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, यता वडा अध्यक्ष लेखकले आफुलाई फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।
सोमवार आफुलाई जवरजस्ती पत्र च्यातेको हो भनेर आरोप सिव्कार्न दवाव दिइएको बताए । मेरै कारणले नगरसभा हुन नदिने दबाव दिइरहेका बेलामा मैले गल्ती स्विकार गरी माफी मागेको वडा अध्यक्ष लेखकले बताए । आफनै कारणले नगर सभा रोकिनु भन्दा जनता संग जनप्रतिनिधीले माफी माग्नु नै ठिक छ भनेर माफी मागेको उनले बताए ।
Comments are closed.