वेदकोटको शारदा माविमा लागु औषध दुरुपयोग विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ३ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र एनएनएसडब्लुए कञ्चनपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस जून २६, २०२४ सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत मंगलवार कार्यक्रम गरिएको एनएनएसडब्लुए अन्तरगत क्षती न्युनिकरण कार्यक्रमका डिआईसी ईन्चार्ज लोकेन्द्र सिंह धामीले जानकारी दिनु भयो ।

कक्षा १० मा अध्ययनरत ३८ जना बिद्यार्थीहरुलाई लागु औषध दुव्यर्सनी रोकथाम नियन्त्रण तथा अबैध करोबार बिरुद्धको विषयमा जानकारी प्रदान गरिएको थियो ।

पछिल्लो समय युवाहरु बढी लागुऔषध तथा कुलतमा फस्दै गईरहेका अवस्थामा सचेतना मुलक कार्यक्रम विद्यालयमा आयोजना गरिएको प्रती विद्यार्थीहरु खुसी भएको एनएनएसडब्लुए अन्तरगत क्षती न्युनिकरण कार्यक्रमका डिआईसी ईन्चार्ज लोकेन्द्र सिंह धामीले बताउनु भयो । सप्ताहव्यापी कार्यक्रम अनुसार भोली बिहान जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरी गरेर कार्यक्रम समापना गरिने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.