एसइईमा सुदूरपश्चिमका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण

महेन्द्रनगर । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो। एसइईमा सुदूरपश्चिमका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

सो परीक्षामा १७ हजार ३७ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्। देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका छन् ।

यस प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन् । यस्तै, २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट नितिका अवस्थीले सर्वाधिक जिपिए हासिल गरेकी छन्।

गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुर स्थायी ठेगना भएकी अवस्थीले स्थानीय दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट एसइई परीक्षम सहभागी भएर ४ जिपिए हासिल गरेकी हुन्। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये अवस्थी सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएकी छन्।

पढाइ तथ अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी अवस्थीले परिवार तथा विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेको बताएकी छन्। सामुदायिक विद्यालयबाट सर्वाधिक जिपिए हासिल गरेकी अवस्थीका बुवा टेकराज अवस्थी स्थानीय चण्डेश्वरी विद्यालयका शिक्षक हुन्।

जेठी छोरी नितिका पढ्न तथा अतिरिक्त क्रियाकलापमा अब्बल रहेको अवस्थीले बताएका छन्। विद्यालय, जिल्ला र प्रदेश स्तरीय निबन्ध, वक्तृत्वकला लगायतका प्रतियोगितामा समेत नितिकाले प्रथम स्थान हासिल गर्ने गरेको उनका बुवाले बताएका छन्। देशैभरबाट परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नन ग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी संख्या एक लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डका अनुसार उक्त परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । दुईभन्दा बढी विषयमा नन ग्रेडिङमा पर्ने एक लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्ने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.