महेन्द्रनगर । कञ्चनपुरमा किसानहरुलाई कृषी सामग्रीहरु वितरण गरेको छ । बेदकोट नगरपालिका ९ स्थित इन्द्रेणी कृषि सहकारी संस्था लि.ले २१ औं धान दिवस को अवसरमा विभिन्न कृषी सामग्रीहरु वितरण गरेको हो । “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारका साथ देशभर २१ औं धान दिवस मनाइएको अवसरमा सहकारी संस्थालाई सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष शिवराज भट्टले बताउनु भयो ।
प्रधामन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तरगत धान पकेट विकास निरन्तरता कार्यक्रम अन्तरगत अनुदानमा उन्नत धानको विउ, झार मार्नै विषादी,कम्बाईन मिल, रोटाभेटर, ट्रली, बोरिङ, ड्रम आदी सहयोग आउको बताउनु भयो । उक्त कार्यक्रममा इन्द्रेणी कृषि सहकारी संस्था लिं. का अध्यक्ष शिवराज भट्टको अध्यक्षता र बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो ।
यसैगरी, कार्यक्रममा कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका कृषि वरिष्ठ प्रशार अधिकृत राम चन्द्र भट्ट, कार्यपालिका सदस्य पार्वती विष्ट, बेदकोट नगरपालिका कृषि शाखा अधिकृत देव दत्त वडु, वडा सदस्य लगायत सहभागी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै, बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले हाम्रो देश कृषी प्रधान देश रहेको सन्दर्भमा कृषी प्रधान बनाउन यस क्षेत्रलाई आधुनिकिकरण गरिनु पर्ने बताउनु भयो ।
किसानहरुलाई आधुनीक युग अनुसारका विभिन्न प्रविधीयुक्त औजारहरु मसिनहरु प्रदान गर्न सक्यो भने, उहाँहरुको उत्पादन र उत्पादकत्व बढेर जाने आफनो लगानी सुरक्षित रहने बताउनु भयो । त्यही भएर आज पनि किसानहरुलाई सहज होस भनेर विभिन्न कृषी औजारहरु अनुदानमा प्रदान गरिएको बताउनु भयो ।
साथै सरकारको नजर पनि किसानहरुको खेतमा पुग्न सक्नु पर्ने र र कृषी संस्कार, कृषीमा क्रान्ती गर्न सक्यो भने संघीय सरकार प्रदेश सरकारबाट राम्रो रणनिती आयो भने किसानहरुको भविश्य पनि सुनिश्चित रहने उत्पादन बढने र देश आत्मनिर्भर तर्फ उन्मुख हुने बताउनु भयो । चाइना जस्तो देशले कृषीमा क्रान्ती गरे आफनो राष्ट्रको अर्थतन्त्रमा टेवा पुय्राएको देखिएको भएर हाम्रो देशमा पनि कृषीमा लगानी गर्न पर्ने आवस्यक्ता रहेको बताउनु भयो ।
वेदकोट नगरपालिकाले आफनो योजना कार्यक्रममा पनि कृषीलाई समेटेर कार्यक्रमको योजना बनाएको बताउनु भयो । साथै तरकारी पकेट योजना बनाएर अहिले १५ जना किसानहरुले व्यवसायिक रुपमा काम गरेर आमदानी रोागार सिर्जना गरेको बताउनु भयो । कार्यक्रममा वरिष्ठ कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले भने, अहिलेको जयवायु परिवर्तन भइरहेको छ ।
त्यसैले किसानहरुले पनि जयवायु परिर्वतन संगसंगै खेति गर्ने कार्य समेत परिवर्तन गदै जानु पर्ने जरुरी छ ।’उनले किसानलाई अधुनिक प्रविधि यस.आर.आई. पद्धतिबाट धान रोप्नेबारे जानकारी गराउनु पर्ने आवश्यकता औंल्याए । ‘किसानलाई कम पानिमा समेत राम्रो धान उत्पादन हुन्छ भन्ने सिकाउनु जरुरी छ’ उनले भने ।
किसानहरुले मनसुन आउनु अगावै धानको बिउ छर्ने तथा रोप्ने गर्ने गरेको धानको बिउ रोप्ने बेला मनसुनको उपस्थिति छैन भने धान बिग्रने तथा उत्पादनमा कमि आउने हुने भएकाले मनसुन सुरु भएपछि मात्र धान रोप्ने गर्नु पर्ने कृषि प्राविधिकहरु बताउँछन् । लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले किसानको लागि ३० थान टि सर्ट उपलब्ध गराएको थियो ।