महेन्द्रनगर बजारमा रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती

महेन्द्रनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठुलो परिमाणमा रसायन हालेको आँप बरामद गरेको छ । खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहराले पंकज कुमार गुप्ताले संचालन गरेको बालाजी फुट सेन्टरबाट ५७ क्विन्टल ८० किलो आँप बरामद गरिएको बताए ।

उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको छ । खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन कार्बर्डड राखेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको छ । जफत गरिएको आँप टिप्परमा लगेर जेसिभीले हाडल खनेर नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका सहितका सरोकारवाला निकायबाट बजारमा आँपको अनुगमन गरेर अखाद्य आँप बरामद गरेर नष्ट गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले रसायन नहालेरै पकाएका आँप मात्रै बिक्रि वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ ।

प्रतिबन्धित रसायन राखेर बनाएका आँप महेन्द्रनगरमा मात्रै नभई जिल्लाभरी बिक्रि वितरण भईरहेकाले सबै ठाँउमा अनुगमन गरेर नष्ट गर्न उपभोक्ताले आग्रह गरेका छन । कञ्चनपुर महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका छन ।

भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका हुन । भारतीय बजारबाट उच्च हानिकारक रसायन राखेर पकाएका आँप अहिले जतातजै ठेलादेखि फुट सेन्टरमा बिक्रि वितरण भईरहेको छ । महेन्द्रनगर बजारमा प्रतिबन्धित आँप बिक्रि वितरण हुन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.