महेन्द्रनगर । कञ्चनपुर स्थित महाकाली नदीमा बगेर बेपत्ता भएका मजदुरको शव फेला परेको छ ।
आइतबार बिहान भीमदत्त – १२ स्थित महाकाली पक्की पुलमाका गर्ने सुर्खेत बाराहाताल गाउँपालिका – ७ का ४५ वर्षीय धन बहादुर गुरुङ महाकालीका माछा मार्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए ।
उनको खोजी गर्दा आइतबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गुरुङको खोजिका लागि इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट प्रहरी टोली खटिएको थियो ।
Comments are closed.