महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न सेकेन्डरी स्कुलमा २०८० को एसइईमा शत प्रतिशत विद्यार्धीहरु उतिर्ण भएका छन् । उक्त विद्यालयबाट ३५ जना विद्यार्थीहरुले यो एसइईमा भाग लिएका सबै जना उतिर्ण भएका हुन् ।
“संस्कार सहितको सिपयुक्त शिक्षा,महाकाली मोडर्नको प्रतिवद्धता अरु भन्दा बेग्लै र दुई गुणा अगाढी” भन्ने मुल नारा बोकेर शिक्षाको क्षेत्रमा अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित यस विद्यालयमा विभिन्न अनय विद्यालय भन्दा फरक गतिबिधीहरु क्रियाकलापहरु संचालन भई रहेका छन् ।
विद्यालयका प्रिन्सिपल दिजराज भट्टले प्रत्येक शुक्रवार सिपयुक्त कक्षाहरु संचालन गरिने, प्रत्येक महिना अवलोकन भ्रमण गराएर फिल्डमा नै लगेर विद्यार्थीहरुको सिकाई लाई अझै प्रभावकारिता बनाउने लक्ष्यसहित कार्य गरिरहेको बताउनु भयो ।
पढाईसंगै विभिन्न विज्ञहरुबाट लोकसेवा तथा बैँकिङ कक्षाहरु पनि संचालन गरेर उनिहरलाई आफनो भविष्य निर्माण गर्न सहज वातावरणको निर्माण गर्ने बताउनु भयो । यो विद्यालयमा अहिले व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११ मा भर्ना पनि खोलेको छ ।
Comments are closed.