भीमदत्त १९ मा क्यानडा नेपाल पर्यटन संस्कृतीद्धारा सचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रले सचेततना मुलक कार्यक्रम गर्दै आईरहेको छ । सामुदायिक विद्यालयमा अहिले किशोरकिशोरीका लागी यौन शिक्षा तथा महिनावारीमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरिरहेको हो ।

सोमवार पनि भीमदत्त नगरपालिका १९ मा रहेको लक्ष्मी मावी उल्टाखाम विद्यालयमा यौन शिक्षा तथा महिनावारीमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरीएको हो । कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको छ । क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक कोमल जोशीले विगतका केही महिनादेखी आफुले सामुदायिक विद्यलायको अनुगमन गरेको बताउनु भयो ।

त्यो बेलामा विषेश गरेर विद्यालयमा रहेका शौचालय र सेनेटरी प्याडको उचित व्यवस्थापन हुन नसक्दा विद्यालयमा विद्यार्थीहरु फोहर वातावरणमा अध्ययन गर्न बाध्य भएको आफुले पाएको र अहिले ती विद्यालयमा सरसफाई, यौन, महिनावारी, सेनेटरी प्याडका विषयमा रहेर सचेतना मुलक कार्यक्रमको आयोजना गरिरहेको बताउनु भयो ।

उहमाँले अहिले पनि कतिपय सामुदायिक विद्यालयहरुमा सरसफाईको कमी भएका भौतिक संरचना शौचालयहरुको उचित प्रयोग नगरेको र सेनेटरी प्याडलाई व्यवस्थापन गर्न नजानेको पाईएको बताउनु भयो । अहिले केही विद्यालयहरुले सुधार पनि गरेको पाईएको र आगामी दिनमा पनि बाँकी विद्यालयमा गएर यो कार्यक्रमको आयोजना गरिने क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक जोशीले जानकारी दिनु भयो ।

विद्यालयका प्रधानाध्यापक पमानन्द नाथलेले संस्थाले आफनो विद्यालयमा आएर स्वास्थ्यसंग सम्बन्धित विषयमा विभिन्न जानकारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले विद्यार्थीहरुको जिवनमा प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल गर्दा अति नै प्रभावकारी रहेको र ंस्थाले अन्य विद्यालयमा पनि र आगामी दिनमा पनि यो कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।

यस्तै कक्षा ६ मा अध्ययनरत छात्रा विद्या जोशीले आफुहरुलाइ महीनावारी हुँदा कसरी सरसफाई गर्ने ? के के खानेकुरा खाने ? समस्या हुँदा के गर्ने ? प्याड कसरी प्रयोग गर्ने ? विषयमा जानकारी पाएको बताउनु भयो । साथै विद्यालयमा लाज नमानेर प्याड माग्नु पर्ने सरसफाईमा विषेश ध्यान दिनु पर्ने जानकारी पाएको विद्यार्थी छात्रा जोशीले बताउनु भयो ।

साथै भिडियो मार्फत पनि जानकारी दिईएको भएर आफु लगायतथ अन्य साथीहरुले बढी जानकारी पाएको उहाँले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.