खोका छाप्रा भत्काउन नहुने भन्दै आन्दोलनमा उत्रिएका १३ जना प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । व्यवस्थापन नगरी डोजर लगाएर भत्काउन नहुने भन्दै आन्दोलनमा उत्रिएका खोका छाप्रा व्यवसायी सहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिकाले खोका छाप्रामा डोजर लगाएर भत्काउन थालेपछि उनीहरुले व्यवस्थापन नभएसम्म भत्काउन नदिने अडान लिएका थिए ।

खोका छाप्रा भत्काउन नगरपालिकाको डोजर विहान ११ बजे पुगेको थियो । उनीहरुले दिउँसोसम्म डोजर लगाउन कार्य अघि बढाउन रोकेका थिए ।व्यवस्थापन नगरी डोजर लगाउन नदिने अडान नछाडेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले एमालेका नेता महेश पन्त, विवेक भट्ट लगायत खोका छाप्रा व्यवसायीलाई पक्राउ गरेको छ ।प्रहरी नियन्त्रणमा रहेका भट्टले खोका छाप्रा व्यवस्थापनको कुरा गरेपछि आफूहरुलाई नियन्त्रणमा लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले नगरपालिकाको गाडीमा ढुङ्गामुढा र तोडफोड गर्न थालेपछि १३ जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘१३ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौ’ उनले भने ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.