सार्कले एसईईमा ल्यायो जिल्लामै उत्कृष्ट नतिजा, ४३५ विद्यार्थीले ल्याए ए प्लस ग्रेड

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेशन फाउण्डेसनले एसईई परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ । एसईईमा सहभागी विद्यालयका सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी २८ विद्यार्थीमध्ये १२ जना ३.६ देखि ४ जीपीए र अन्य ३.२ देखि ३.५ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । सार्क फाउण्डेशनको यो चौथो एसईई ब्याच हो ।

सार्कले २०७५ देखि पठनपाठन सुरु गरेको हो । सार्क फाउण्डेशनका निर्देशन लक्ष्मण वस्नेतले एसईईमा सन्तोसजनक नतिजा आएको बताए ।

सम्बन्धित

Comments are closed.