महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा लागुऔषध तथा दुव्र्यशनी विरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । वेदकोट नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका संरक्षण संजालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पछिल्लो समय कञ्चनपुरमा लागुऔषध दुव्र्यशनीको कुलतमा लाग्नेको संख्या बढदै गईरहेको अवस्थामा यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर सरोकारवाला निकायसंग छलफल गरिएको संजालका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष निर्मला जोशीले बताउनु भयो ।
वेदकोट नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम सडक नाटकको पनि प्रदर्शनी गर्दे विद्यार्थीहरु, समुदायमा रहेका अभिभावकहरुलाई जनचेतना मुलक कार्यक्रम बाट लागुऔषधलाई न्युनिकरण गर्न सकिने जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले वेदकोट नगरपालिकाले दिएको लक्ष्य अनुरुप संजालले थोरै बजेटमा पनि राम्रो कार्यक्रम सम्पन्न गरेको बताउनु भयो । अहिले पनि १४ देखी २४ वर्षका बालबािलकाहरु बढी प्रयोगकर्ता भएको जिल्ला प्रहरी कार्यालयकको तथ्याङकले देखाएको अवस्थामा आफना बालबालिकाहरुलाई अहिले बाटै घरदेखी सम्झाउने उनिहरुको क्रियाकलापहरुमा ध्यान दिने साथी संगतको बारेमा पनि जानकारी लिनु पर्ने बताउनु भयो ।
यो वर्ष मात्रै नभएर पालिकाले विगतको वर्षमा पनि यो विषयमा काम गरेर लुज फरमको रुपमा प्रत्येक वडामा समुह गठन गरी काम गरिएको बताउनु भयो । अहिले पनि विद्यालयमा रहनु भएका विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यशनीको असर, यसबाट कसरी बच्न सकिन्छ। भन्ने विषयमा जानकारी प्रदान गरी उनिहरुलाई लागुऔषधबाट टाढा रहन यसले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले कञ्चनपुर जिल्लामा मात्रै यो लागुऔषधको समस्या नरहेको र अन्य पहाडी जिल्लामा पनि अहिले यसको असर देखिन थालेको बताउनु भयो । मुख्य नाका भारत रहेको अवूथामा अहिले पहाडमा पनि र तराईमा मुख्य रुपमा युवायुवतीहरु प्रत्येक दिन प्रहरी हिरासतमा पुग्ने गरेको बताउनु भयो ।
दैनिक रुपमा प्रहरीहरुले लागुऔषध प्रयोगकर्ताहरुलाई पक्राउ गरेर जेलमा हाल्ने काम गरिरहेको बताउनु भयो । तर उहााले तबयो मात्रै उचित विकल्प नभएको बताउनु भयो । सबैलाई जेलमा हालदेर यसको अवस्थामा सुधार नहुने भएकाले सबै प्रयोगकर्ताहरुलाई सुधार गृहमा राखेर उनिहरुलाई सुधार्न सकिन्छ भनेर धनगढीमा रहेको अति सुविधा सम्पन्न सुधार गृहमा पालिकाले ५ लाख सहयोग गरेर काम गरिहरहेको बताउनु भयो ।