भीमदत्त नगरपालिकालाई पूर्णखोप सुनिश्चितता गरियो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पूर्णखोप सुनिश्चितता गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना नगरपालिकालाई पूर्णखोप सुनिश्चितता गरिएको हो । भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडामा जेष्ठ २६ गतेसम्म १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चितता गरिएको भीमदत्त नगरपालिकाका जनस्वास्थ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताउनु भयो ।

११ प्रकारका खोपहरु सबै बालबालिकाहरुलाई प्रदान गरि अहिले भीमदत्त नगरपालिकालाई पूर्णखोप सनिश्चितता गरिएको उहाँको भनाई रहेको छ । कहिले काँही विषेश कामले अन्यत्र जाने अभिभावकहरु संगै बालबालिकाहरु जाने भएपछि उनिहरु खोपबाट बञ्चित हुने भएकाले सबैलाई घरघरमा गएर खोजी खोजी खोप लगाएर सबैले खोप पाएको सुनिश्चित गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिकामा १५ महिना भन्दामुनीका जम्मा २ हजार १५ जना बालबालिकाहरुले पूर्णखोप पाईसकेको १६ महिना भन्दा माथी ५९ महिनाका ५ हजार ३ सय ४६ बालबालिका मध्ये नियमित खोप सेवा मार्फत २००८ ले दोस्रो मात्रा लगाई सकेको र ६४ जना छुटेका लाई घरधुरी सर्वेक्षण गरेर सबैलाई खोप दिईएको भीमदत्त नगरपालिकाका जनस्वास्थ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले आज खुसीको दिन भएको भन्दै सबैले गरेको योगदानले गर्दा नै यो सफल भएको बताउनु भयो । सामुदायिक महिला स्वयमसेविकाले अहोरात्र भोक प्यास नभनी दिनरात समुदायमा खटिएर गरेको कामले नै अहिले पूर्णखोप सुनिश्चितता गर्न सफल भएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाबाट दिन मिल्ने सेवा सुविधामा सदैव प्राथमिक्तामा राखेर काम गर्ने बताउनु भयो । ककार्यक्रमका प्रमुख अतिथी एवम पालिका प्रमुख पदम बोकटीले सामुदायिक महिला स्वयमसेविका भनेका दोस्रो आमाको रुपमा समुदायमा काम गरिरहेको बताउनु भयो ।

उहाँहरुको मिहिनेत सक्रियताले ने गर्दा यो पालिकालाई पूर्णखोप सनिश्चितता गर्न सफल भएको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.