उच्च सर्तकर्ता अपनाउन डोटीवासीलाई प्रशासनको आग्रह

महेन्द्रनगर । बाढी पहिरो र डुबानको जोखिम बाट बच्न उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले डोटी बासीलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले गरेको जानकारी अनुसार डोटी जिल्ला सहित सुदूरपश्चिम प्रदेश भर धेरै÷भारी वर्षाको पूर्वानुमान अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन डोटी बासीलाई आग्रह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।

डोटी जिल्लामा कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी, प्रहरी चौकी वा स्थानीय तह र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नम्बर ९७६२४७९३३३ मा जानकारी गराउनु हुन र समुदाय स्तरबाट तत्काल मानवीय उद्धार मा जुट्नु हुन समेत प्रजिअ अर्यालले आग्रह गरेका छन् ।

स्थानीय तहहरूलाई विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसार आम नागरिकलाई सर्तकर्ता अपनाउन पहल गर्न समेत प्रजिअ अर्याले आग्रह गरेका छन् । शुक्रवार देखी आइतबार सम्म देशभर हल्का देखि ठुलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला उच्च जोखिममा रहेको समेत जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.