भीमदत्तद्वारा संचारकर्मीहरु संग स्वास्थ्य पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा संचारकर्मीहरु संग स्वास्थ्य पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भीमदत्त नरपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना र नेपाल चिकित्सक संघको प्राविधिक सहयोगमा  उत्तm कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्लामा रहेका विभिन्न पत्रपत्रिका, अनलाईन रेडियो टिभीमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य संग सम्बन्धीत समाचार लेख्दा ध्यान दिनु पर्ने कुराहरु स्वास्थ्य समाचार लेखेपछिको फाईदाहरु लगायतको विषयमा छलफल भएको हो ।

एक दिने स्वास्थ्य पत्रकारिता तालिमको उद्घाटन गर्दै भीमदत्त नगरका उपमेयर निलम लेखकले स्वास्थ्य क्षेत्रका मुद्दा उठान गर्दै सुधारका लागि भूमिका निर्वाह गर्न पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिता तालिम लिएको बताईन । तालिममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा सुप प्रदेशका संयोजक डा। प्रशान्त भट्टले प्रदेशमै थुप्रै स्वास्थ्य समस्या भएकाले समाधानका लागि संचारकर्मीको सकारात्मक भुमिका हुने बताए ।

हेल्थ टुडेका सम्पादक पदमराज जोशी र स्वास्थ्य खबरका सम्पादक प्रविन ढकालले प्रशिक्षण दिएका थिए । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले स्वास्थ्य क्षेत्र जस्तो अति सम्वेदनशिल क्षेत्रमा संचारकर्मीले रिर्पोटिका लागि सम्बेदनशिल हुनुपर्नेमा जोडदिए ।

भीमदत्त नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल चिकित्सक संघको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको थियो । भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत भीम बहादुर महराले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका संचारकर्मीको सहभागिता रहेको थियो ।

कञ्चनपुरका पत्रकारहरुले भीमदत्त नगरपालिकाले स्वास्थ्य क्षेत्रका विषय उठानका लागि नयाँ कार्यक्रम ल्याएको भन्दै आभार प्रकट गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.