युवा समाजसेवी मल्लद्वारा १ सय १८ जना विद्यार्थीलाई ट्रयाक सुट सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गर्नु भएको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब आमाबुवा गुमाएका विपन्न विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

अमरगढी नगरपालिका भित्र रहेका १ सय १८ जना विपन्न, गरिव दलित आमा बुवा गुमाएका विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग गरिएको समाजेसेवी मल्लले बताउनु भयो । विद्यालयमा अध्ययनरत अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनौट गरी युवा समाजसेवी विनय प्रकाश मल्लले ट्रयाक सुट वितरण गरेका हुन् ।

बुवाआमा गुमाएका विपन्न गरिब बालबालीका ४२ जना श्री घटाल माबी, नुवाकोटमा अध्ययनरत १८ जना विद्यार्थी, श्री जनज्योती प्राबी आदित्यपुरमा अध्ययनरत.३० जना विद्यार्थी, श्री कैलपाल प्राबी डोला मननामा अध्ययनरत.१८ जना विद्यार्थी, र श्री निलकण्ठ आबी ,कोटेउडामा अध्ययनरत .१० जना गरी जम्मा १ सय १८ जना विद्यार्थीलाइृ सहयोग गरिएको उहाँले जानकारी दिनु भयो ।

ट्रयाक सुट पाएका विद्यार्थीले खुसी हुँदै मल्ललाई धन्यवाद दिएका छन् । गरिबी पिरोलि रहेको अवूस्थामा विद्यालयमा जानका लागी एक जोड विद्यालय पोशाक सहयोग पाए प्रती अभिभावकहरुले युवा समाजसेवी मल्ललाई धन्यवाद ज्ञापन गरेका छन् । अमरगढी नगरपालिका–४ खलंगा घर भएका मल्ल हाल जापानमा रहेका छन् । जापानमा कमाएको पैसा उनले यहाँको सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।

आफनो व्यक्तिगत खर्चबाट सामुदायिक विद्यालयमा अध्ययनरत रहेका आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो । साथै उक्त कार्यमा मोहन भण्डारी, दीपक सिंह भण्डारी, किर्तीबहादुर ऐर, शेरबहादुर भण्डारी, दिपक भट्ट, बिशाल बस्नेत, खगेन्द्र ठकुराठी, पुरन महता लगायतले समन्वय गर्नु भएको थियो ।

डडेल्धुरामा अहिले बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ । डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् ।

डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

सम्बन्धित

Comments are closed.