महेन्द्रनगर । कैलालीमा श्रीमान श्रीमतीबिच हुने खटपट बढ्दै गएको छ । आर्थिक वर्ष २०७९÷८० मा अदालतमा वैवाहिक सम्बन्ध अन्त्य गर्न ७०३ मुद्दा दर्ता भएका छन्। जसमध्ये महिलाले ४७६ र पुरुषले २२७ मुद्दा दर्ता गरेका छन्।चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका थप ६३८ मुद्दा दर्ता भएका छन्।
जसमा ४२६ मुद्दा महिलाले दर्ता गरेका छन् भने २१२ मुद्दा पुरुषले दर्ता गराएका छन्। आर्थिक वर्ष २०७६÷७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका २ हजार ३६० मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन्।
जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका छन भने ७२२ मुद्दा पुरुषले दर्ता गराएका हुन्। सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ। जिल्लामा सम्बन्धविच्छेदको समस्या विकराल बन्दै गएको छ।
जिल्लामा बैवाहिक सम्बन्ध तोड्न मुद्दा दिनेमा महिलाको संख्या सबैभन्दा धेरै देखिएको छ। पाँच वर्षको अवधिमा मात्र दुई हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन्। पाँच वर्षको अवधिमा दुई हजार तीन सय ६० मुद्दा दर्ता भएका छन्।
तीमध्ये एक हजार ६३८ मुद्दा महिलाले दर्ता गरेका हुन् भने ७२२ थान मुद्दा पुरुषले दर्ता गरेका हुन्।
Comments are closed.