निरन्तरको वर्षाले पुनर्वास बलौरीका अधिकांश क्षेत्र जलमग्न

महेन्द्रनगर । केही दिन देखि को निरन्तर वर्षाले कन्चनपुरको पुनर्वास(बेलौरीका अधिकांश क्षेत्र जलमग्न बनेका छन् । जमिनको सतह भन्दा बढी अग्लो सडक बनेपछि पानीको निकास ओहोरदोहोर हुन नपाउदा धेरै जसो क्षेत्र जलमग्न बनेका हुन् ।

जलमग्नसंगै कतिपय स्थानहरुमा पानी घरभित्र पसेर घर छाड्नु परेको समेत देखिन्छ । पानीकै कारण पुनर्वास नगरपालिका(२ को दशरथबस्ती, पुनर्वास(५ को सिमरी,रातोताल,ग(गाउँका धेरै घरहरुमा पानी पसेको छ । ग(गाउँको सुन्तली बिक,तुले सुनार,करी बिक,नारायण बिक,नरी सुनार,तिपरे सुनार,जया बोहरा,पदम बोहरा,जनक बिक ,गोवर्धन बिक र बलबहादुर देउवाको घरमा पानी पसेको स्थानीय प्रकाश धामीले जानकारी दिए ।

घरमा पानी पसेपछि पुनर्वास(५ का वडाध्यक्ष पदम बहादुर रोकाया पानी निकासको लागि बिहानै स्थलगत निरीक्षणमा पुगेका थिए ।

त्यस्तै, बेलौरी नगरपालिकाका पनि सबै वडामा डुबानको समस्या देखिएको विपद फोकल पर्सन अशोक पाण्डेले जानकारी दिए । उनले निकास गर्न मिल्ने ठाउँहरुमा जेसिबी पठाएर पानीको निकास गराईरहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.