सुदूरपचिममा बाढी पहिरोमा परी दुई जनाको मृत्यु

महेन्द्रनगर । सुदूर पश्चिममा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको छ । भातगाडास्थित खानेपानीको मुहान सफा गर्न गर्न गएका पनेरुको माथिबाट आएको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिवारदेखि सम्पर्क बिहीन डोटीको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट आईतवार खोलासैन सामुदायीक बनमा वनमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक कार्कीका अनुसार शनिबार बेलुका पख पनेरुको मृत्यु भएको हो । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुगाउदा धारामा पानी बन्द भएको थियो ।

ढुंगाले पनेरुको खुट्टा र ढाडमा गहिरो चोट लागेको देखिएको उनले बताए ।वर्षाका कारण तराई पहाड जोड्ने महाकाली, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षती पुगाएको छ । महाकाली राजमार्गको गन्यापधुरा गाउँपालिका १, शाहुखर्क, अमरगढी नगरपालिका ६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको थियो ।

शाहुखर्कमा आईतबार बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको थियो । डोजरले पहिरो हटाएपछि आईतबार दिउसोबाट राजमार्ग संचालना आएको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।उनका अनुसार आईतबार बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजगर्मा अवरुद्ध भएको थियो । पहिरो हटाए पछि सेती राजमार्ग पनि संचालनमा आएको छ ।

तर शनिबार देखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक भने संचालनमा आउन सकेको छैन । यस सडक खण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको थियो । शनिबार राति खसेको पहिरो यो समाचार तयार पर्दासम्म हटाउन सकिएको छैन ।शुक्रबार देखिको लगातरको झरीले जनजीवन प्रभावित भएको छ ।

बिषेश काम बाहेक स्थानीयहरु घर बाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपी डडेल्धुरामा खोलानालाले अहिले सम्म क्षती नपुगाएको उनले जानकारी दिए । ग्रमिण कच्चि सडकहरु भने पूर्ण रुपमा बन्द रहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.