महेन्द्रनगर । चार दिनदेखि लगातार भीषण वर्षाको कारणले डुबानमा परेका भिनपा ५ बस्ने चेतराम कामीका परिवारलाई मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डा .गोविन्द रोकायाले सहयोग गरेका छन्।
दुई थान डस्ना, दुई थान मेटर्स, दुई थान ब्ल्यान्केट र दुई थान सिरानी दिएर आफूले व्यक्तिगत सहयोग गरेको डाक्टर रोकायाले बताएका छन्।
कामीको घरको देवाल भत्किएको र घर चिरा परेको आफू राति बालबच्चा लिएर रोडको ठेलामा बसेको कपडाहरू पुरै भिजेको, नागरिकता ,जन्मदार्ता , विद्यार्थीहरूका कापी किताब बाढिले बगाएको बाढी पिडित चेतराम कामिले बताए ।
आफूसित ओढ्ने ,बिछ्याउने कपडा, खानेकुरा नभएको अवस्थामा डाक्टर साहबले सहयोग गरिदिएकोमा आशीर्वाद र धन्यवाद दिएका छन्।
Comments are closed.