धौलीगंगा बाध पुनःखोलिने, सतर्क रहन आग्रह

महेन्द्रनगर । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोलिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भन्दै दार्चुला प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको शनिबार १५ गते ६ बजेदेखि १६ गते आइतबार बेलुका ६ बजेसम्म पहिलो पटक बाँधका ढोका खोलेको थियो ।

सम्बन्धित

Comments are closed.