कञ्चनपुरको २५ नम्बर बाहिनीका १ सय १० जना जवानहरु पास आउट

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाले १ सय १० जना जवानहरुलाई बुधवार पास आउट गरेको छ । विगत ३६ हप्तादेखी नेपाली सेनाको तालिममा देशैभरमा छनौट भएर आएका १ सय १० जना सहभागीहरुले तालिम सम्पन्न गरी बुधवार पास आउट भएको नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाले जानकारी दिएको छ ।

यस अवसरमा ६ महिने तालिममा सहभागीहरु मध्ये विभिन्न अभ्यासमा उत्कृष्ट जवान विष्णु सोमइ मगरलाई सुदूरपश्चिम पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले सम्मान गर्नु भएको थियो । तालिमको दौरानमा उत्कृष्ट कला कौशल, अनुसासन, लगायतमा उत्कृष्ठ भएका उनलाई नेपालको शान खुकुरी पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले जवानहरु पुर्णरुपमा देशको सार्वभौमसत्ता, भगौलिक अखण्डता तथा राष्ट्रिय स्वातन्त्रताका लागि तैयार भएको समेत जानकारी गराउनुभयो ।

उहाँले पास आउट भएका १ सय १० जना जवानलाई उज्वल भविष्यको कामना सहित आफनो देशप्रती र राष्ट्र प्रती सदैव वफादार भएर कर्तव्यनिष्ठ भएर देश र जनताको हितमा रहने गरी सेवा गर्न पनि निर्देशन दिनु भयो । जवनाको रूपमा प्रवेश गर्ने जवानहरुले प्राप्त गर्ने राष्ट्रको सेवाको अवसर र त्यसको प्रतिफलमा राष्ट्रले दिने पहिचान र सम्मानको कुनै मूल्य र तुलना नहुने चर्चा गर्दै राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा नेपाली सेनाको रुपमा आफूलाई चिनाउन सबै जवनाहरु सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

साथै, विभिन्न अड्चन तथा चुनौतिको सामु आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनु भयो । आफनो सन्तानलाई नेपाली सेना भएको हेर्न आउनु भएका अभिभावक मध्येका बलराम शाहीले आफनो २ छोराहरु एकै साथ पास आउट भएको बताउनु भयो । आफुपनि अवकास प्राप्त नेपाली सेना भएको बताँउदै उहाँले आफनो सन्तानहरु प्नि आफनै बाटोमा गौरवशाली सम्मानित पवित्र संस्था नेपाली सेनामा आवद्ध भएको प्रती गर्व महसुस भएको बताउनु भयो ।

आफु आज धेरै खुसी भएको बताँउदै उहाँले अन्य युवायुवतीहरुलाइ पनि यो पवित्र संस्थामा आएर देश र राष्टको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्नु भयो । ७० वर्षीय गौरी पुनका नाती पनि नेपाली सेनामा आज पास आउट भएपछि अत्यधिक खुसी लागेको बताउनु भयो । आफनो घरबाट जेठाजुको छोरा पनि नेपाली सेनमा रहेको बताँउदै अहिले नाती पनि नेपाली सेना भएको प्रती खुसी व्यक्त गर्नु भयो ।

भर्खर मात्रै पास आउट भएका विरेन्द्रनगर नगरपालिका १० सुर्खेतका प्रकाश शाहीले यो सम्मानित संस्था नेपाली सेनामा आवद्ध हुन पाउँदा धेरै नै खुसी र गर्व महसुस भएको बताउनु भयो । देश र जनताहरुको सेवा गर्न पाउनु भनेको भाग्यमानी रहेको र अन्य युवायुवतीहरुलाई पनि यो संस्थामा आएर देश र जनताको सेवा गर्न आग्रह गर्नु भयो ।

पास आउटको अवसरमा नयाँ तालिम प्राप्त जवानहरुले दलेल कवाज पनि प्रदर्शन गरेका थिए । ६ महिने तालिम पश्चात आफुहरुलाई नेपाल र नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको प्रति सेवामा प्रवेस गरेका जवानहरुले खुसी ब्यक्त गरेका छन् । यस पास आउटको अवसरमा हरेक जवानहरुको अभिभावकलाई समेत सामेल गराईएको थियो । 

 

सम्बन्धित

Comments are closed.