रेकर्ड वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुर आउँदै

महेन्द्रनगर । कञ्चनपुरमा असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली विहिवार काठमाण्डौबाट प्रस्थान गरेको छ ।

वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि कञ्चनपुर प्रस्थान गरेको हो । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भए÷नभएको जाँच गर्ने छ ।

साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ । कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो ।

असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो।

सम्बन्धित

Comments are closed.