महेन्द्रनगर । कैलालीको धनगढीमा २ कम्पनीले गरेको बदमासी बाहिर आएको छ । कर छली गर्ने दुई कम्पनीलाई कारबाही गरिएको छ । आन्तरिक राजस्व कार्यालय कैलालीले कर छली गर्ने दुईवटा कम्पनीलाई जरिबाना समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा दुई कम्पनीको कैफियत फेला परेपछि कारबाही गरिएको हो ।
आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।
उनका अनुसार आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको छ ।
Comments are closed.