सुदूरपश्चिम प्रदेश कला समाज नेपालका अध्यक्ष सुरेश प्रतिक सम्मानित

महेन्द्रनगर । कञ्चनपुरका वरिष्ठ कमर्सियल आर्टिस्ट सुदूरपश्चिम प्रदेश कला समाज नेपालका अध्यक्ष सुरेश प्रतिक सम्मानित हुनु भएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मनत्रालयको आयोजनामा भएको एक कार्यक्रममा उहाँलाई नगद सहित ललित कला विधामा “प्रादेशिक प्रतिभा पुरस्कार २०८०” बाट सम्मानित हुनु भएको हो ।

विगत लामो समयदेखी ललित कलाको क्षेत्रमा समर्पित रही पुय्राउनु भएको योगदानको कदर स्वरुप नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको ललितकला विधा तर्फ सुदूरपश्चिम प्रदेशको “प्रादेशिक प्रतिभा पुरस्कार २०८०” बाट अध्यक्ष सुरेश प्रतिकलाई सम्मानित गरिएको थियो ।

आफनो कला शिप, दक्षताको उच्च मुल्याङकन गरी यो सम्मन गरेको प्रती अध्यक्ष सुरेश प्रतिकले धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै यो सम्मानले आफुमा थप जिम्मेवारी आएको र अझै यो क्षेत्रमा रहेर काम गर्ने हौसला प्रदान गरेको पनि बताउनु भयो ।

अध्यक्ष सुरेश प्रतिकलाई विगतमा विभिन्न संघ संस्थाहरु कार्यालयहरुले पनि ललितकलाको क्षेत्रमा गरेको कार्य प्रती सम्मान गरेका छन् ।

उहाँले ८ पटक आफैले बनाएको चित्रको प्रदर्शनी गर्नु भएको छ भने, अहिले पनि विभिन्न विद्यालयमा आफनो शिपकलाको प्रदर्शनी र विद्यालर्थीहरुलाई आफनो शिपकला पनि सिकाइृ रहनु भएको छ । उहाँ विगत २५ वर्षदेखी कमर्सियल आर्टिस्टमा र २० वर्ष ललितकलाको क्षेत्रमा काम गर्दै आईरहनु भएको छ ।

सम्बन्धित

Comments are closed.