महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित परिवारका लागि विभिन्न सामग्रीहरु वितरण गरिएको छ । युनिसेफको सहयोगमा बिहीबार विभिन्न किसिमका सामाग्री हस्तान्तरण गरिएको हो ।
निड्स नेपालको सहजीकरणमा उक्त सामाग्री नगरपालिकालाई हस्तानतरण गरिएको हो । ५ सय थान हाइजीन कीट, ५ सय थान बाल्टिन र मग, ४ सय वटा पियुस तथा ३ सय वटा वाटर प्युरीफाइड टेब्लेटहरु नगर उपप्रमुख गंगादेवी जोशीलाई हस्तानतरण गरिएको हो ।
वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, विपद सम्पर्क व्यक्ति रघुामथ भट्ट उपस्थित थिए । युनिसेफ नेपालका दिपक आचार्य र निड्स नेपालका इश्वर उपाध्यायले सामाग्री हस्तानतरण गरेका हुन् ।
उक्त सामाग्री दोधारा चाँदनी नरगपालिका ३ पटेराखल्लाका ३५ परिवार बाढी प्रभावितलाई एक÷एक थान वितरण गरिएको छ । बांकी सामाग्री अन्य क्षेत्रका प्रभावितलाई वितरण गरिनेछ ।