कञ्चनपुरमा वन्यजन्तु उद्धार र पुर्नस्थापनाको व्यवस्था हुनुपर्नेमा सरोकारवालाको जोड

महेन्द्रनगर । कञ्चनपुरमा मानव र वन्यजन्तु विच द्वन्द बढी रहँदा वन्यजन्तु उद्धार र पुर्नस्थापनाको क्षमता निकै कमजोर रहेको सरोकारवालाहरुले बताएका छन् । कञ्चनपुरमा पछिल्ला समय मानव र वन्यजन्तु विच द्वन्द बढीरहेको अवस्थामा कतिपय बेलामा जनावरहरुलाई उद्धार र पुर्नस्थापनामा समस्या हुने गरेको पाईएको छ ।

कञ्चनपुरमा पहाडी र उच्च पहाडी क्षेत्रका लागी ठुला मांसहारी वन्यजन्तु संरक्षण रणनिती तर्जुमाका लागी जिल्ला स्तरिय गोष्ठी कार्यक्रमका सहभागीहरुले कञ्चनपुरमा जनावरहरुको उद्वार गरी राख्ने ठाँउको व्यवस्थापन हुनु पर्ने बताएका हुन् । जिल्लामा निकुञ्ज पनि रहेको र कतिपय समयमा भारतबाट पनि वन्यजन्तुहरु बाघ, हात्तीहरु आएर मानववस्ती पसेर विभिन्न घटनाहरु हुने भएको अवस्थामा त्यो समयमा जनावरलाई लठ्ठयाउने डार्टको प्रयोग गर्नमा समस्या हुने गरेको सहभागीहरुले बताएका छन् ।

यता जनावरले क्षती गरीरहेको बेलामा पनि डार्टको प्रयोग गर्न वर्दियाबाट विज्ञ टोलीलाई कुर्नपर्ने अवस्था रहेको बताए । साथै चुरे क्षेत्र अति नै संवेदनशिल क्षेत्र रहेको र ती क्षेत्रमा वन्यजन्तु संरक्षणका लागी विशेष कार्यक्रमको आयोजना गरिनु पर्ने सहभागीहरुले औलाएका छन् ।

राष्ट्रिय प्रकृती संरक्षण कोष शुक्लाफाँटा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले विगत २ वर्षदेखी सुदूरपश्चिम प्रदेशको पहाडी तथा उच्च पहाडी क्षेत्रमा बाघ तथा अन्य मांसहारी प्रजातकिो आहार प्रजाती संरक्षणका लागी बाघ संरक्षण कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।

यो कार्यक्रम अन्तरगत बाघ आहार प्रजातीको सर्वे गर्ने , मानव वन्यजन्तु द्वन्द प्रभावित समुदायको जिविकोपार्जन, मानव वन्यजन्तु द्वन्द न्युनिरकण गर्ने कार्यक्रम संचालन गरिएको बताउनु भयो । साथै प्रदेश भर नै वन्यजन्तु संरक्षण गर्ने कार्यक्रमहरु लाई प्राथमिकता दिएर व्यवस्थित तवरले संचालन गर्न का लागी सुदूरपश्चिम प्रदेश स्तरिय वन्यजन्तु संरक्षण रणनिती रहेको अवस्थामा जिल्लामा रहनु भएका सरोकारवालाहरुसंग छलफल गरिएको राष्ट्रिय प्रकृती संरक्षण कोष शुक्लाफाँटा कार्यालय प्रमुख जोशीले बताउनु भयो ।

यो गोष्ठीबाट जिल्लामा नै वन्यजन्तु उद्धारका लागी आवस्यक पर्ने दक्ष जनशक्ति, तालिमको व्यवस्था हुनुपर्ने चुरेमा वन्यजन्तु संरक्षणका लागी विशेष कार्यक्रमहरु ,योजनाहरु, तालिमहरुको व्यवस्थापन गरिनु पर्ने सहभागीहरुले बताएको जानकारी दिनु भयो ।

साथै, क्षमता अभिवृद्धिको कुराहरु, बाघ चितुवा मांसहारिु प्रजातीको आहार प्रजाती विचमा संतुलनका कुराहरु, र वन्यजन्तुहरुको वासस्थानको व्यवस्थापनको विषयहरु मुख्य गरेर यो गोष्ठीबाट आएको राष्ट्रिय प्रकृती संरक्षण कोष शुक्लाफाँटा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.