वेदकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतवार एक कार्यक्रमको आयोजना गर्दै वेदकोट नगरपालिकामा रहेको श्री भुवनेश्वरी मावीको हलमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियताको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

शुक्लाफाँटा मिडिया प्रा.ली कञ्चनपुर परामर्शदाता र वेदकोट नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । पालिकामा रहेका १० वटा वडामा शुक्लाफाँटा मिडिया प्रा.लीले अनुगमन गरेर वडामा भएका गतीबिधी, कमिकमजोरी सच्चाउनुपर्ने कार्यहरु लगायत वडाले प्रवाह गरेको सेवा सुविधा, वडाले प्रदान गर्ने जानकारीहरु सुचनाहरु लगायतका विषयमा रहेर अनुगमनमा देखिएका विषयलाई प्रस्तुतीकरण गरेका थिए ।

शुक्लाफाँटा मिडिया प्रा.लीका परामर्शदाता अशोक पाण्डेयले पालिका वडाहरुमा सुशासन कायम गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । पलिकामा सुशासन काम भयो भने पारदर्शिता हुने सेवा सुविधा चुस्त दुरुस्त हुने, र पालिका वडाहरुले कार्य सम्पादन गर्ने दौरानमा आफुहरु कहाँनिर चुकेका छौ त ? अथवा सुधार्नु पर्ने के रहेछ त ? भनेर आफनो कमीकमोजोरी गल्तीलाई सुधार्न पनि सहयोग मिल्ने उनले बताए । साथै पालिका र वडाले प्रदान गर्दै आएका सेवा सुविधाहरु कस्तो छ ? सेवाग्राहीहरुले कस्तो अनुभव गरिरहेका छन् ? भनेर पनि जानकारी दिन सकिने उहाँले बताउनु भयो ।

आफुहरु पालिकाका १० वटै वडामा पुगेर त्यहाँका वस्तुस्थिती, भौतिक संरचना, नागरिक वडापत्र, र स्थानियहरुलाई प्रत्यक्ष भेटेर पालिका र वडा प्रति उनिहरुको विचार कस्तो छ ? खोजविन गरेर आगामी दिनमा कसरी सेवा प्रवाह गर्न सकिन्छ स्थानियको माग के छ ? भनेर जानकारी प्रदान गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको शुक्लफाँटा मिडिया प्रा.लीका परामर्शदाता पाण्डेयले बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो सार्वजनिक सुनुवाई कार्यक्रमले जनताको राय लिएर जनतासंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर उनिहरुको माग ईच्छा आकाँक्षा लिएर यहाँ प्रस्तुती दिनु अत्यन्तै सराहनिय रहेको बताए । साथै जनताहरुको बिचमा गएर उनिहरुले दिएका सल्लाह सुझावहरुलाई यो कार्यक्रम माझ पस्कीनु र हामीले सुधार्ने मौका दिनु भएकोमा परामर्शदातालाई धन्यवाद दिन चाहेको बताउनु भयो ।

आफुहरु नागरिक वडापत्रमा चुकेको र साथै गाँउगाँउमा रहेको वडाका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न पनि उहाँले आग्रह गर्नु भयो । साथै यो सार्वजनिक सुनुवाई कार्यक्रमबाट आएको बिभिन्न विषयलाई सुधार्नु पर्नेमा वडा कार्यालयबाट आएका अध्यक्ष कर्मचारीहरुले सम्वेदनशिल भएर सुधार्नु पर्ने विषयलाई सुधार गरेर अघी बढन उनले आग्रह गर्नु भयो ।

उक्त कार्यक्रमका सहभागीहरुले यो सार्वजनिक सुनुवाई कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताए । साथै यो कार्यक्रमले जनप्रतिनिधी, पालिकाका कर्मचारीहरु लगायतलाई घचघचाउने र कमि कमजोरीलाई सुधार्न मौका दिने उपयुक्त माध्यम रहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.