नेकपा एमाले भीमदत्त नगरकमिटि द्वारा बाढीले पुर्याएको क्षतिको अवलोकन

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरकमिटि द्वारा भीमदत्त नगरपालिकाको बिभिन्न स्थानमा २०८१ असार २३ गते आएको बाढीले पुर्याएको क्षतिको अवलोकन गरको छ । बाढि पिडितहरुले बाढी पिडितको समस्यामा सरकारले ध्यान नदिएकको गुनासो गरेका छन ।

नेकपा एमालेका बिभिन्न तहका नेता तथा भीमदत्त नगरपालिकाका पुर्व जनप्रतिनिधि सहितको टोलीले बाढी पिडितसँग घरदैलोमा गएर भेटघाट गरेको छ । स्थलगत रुपमै बाढी पिडितलाई भेटेर राहत क्षतीपुर्तीका लागि पहल गर्ने नेताहरु प्रतिवद्धता जनाएका छन् ।

भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, नगर कमिटीका अध्यक्ष हिमाल बहादुर चन्द, नेकपा एमालेले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, नेकपा एमालेका प्रदेश कमिटि उप सचिव नर बहादुर विश्वकर्मा, कञ्चनपुर पार्टी उपाध्यक्ष जनकराज अवस्थी, प्रदेश कमिटी सदस्य परमानन्द जोशी, महेश पन्त, पुर्व प्रदेश कमिटी सदस्य विष्णु अवस्थी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

बाढि पिडितहरुको गुनासो सुन्दै नेताहरुले पिडितको अवस्था बुझेर सरकारसँग आवश्यक राहत तथा क्षतीपुर्तीका लागि पहल गरिने बताएका छन ।

भिमदत्त नगरका विभिन्न वडाहरुको अवलोकन पश्चात बाढीबाट पुर्याएको क्षतिको प्रतिवेदन तयार गरि समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने नेकपा एमालेले भिमदत्त नगरकमिटिका अध्यक्ष हिमाल बहादुर चन्दले बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.